
काठमाडौं । नेपालीहरूको महान् चाड तिहारको अवसरमा परदेशमा रहेका दाजुभाइ र दिदीबहिनीको भावनात्मक कथा समेटेर म्युजिकल चलचित्र ‘रमाइलो तिहार’ निर्माण गरिएको छ । यस चलचित्रले विशेषरूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध र चाडपर्वमा घरको सम्झना झल्काउँछ ।
लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरंगी टीका र मखमली माला लगाइ दीर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ ।
प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको यो म्युजिकल चलचित्र अमेरिकामा हृयप्पी होम स्टुडियोजको निर्माणमा बनेको हो । यसको सम्पूर्ण छायांकन अमेरिका मै गरिएको छ । जोयस पाण्डेले निर्देशन यस म्युजिकल चलचित्रमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दीलिप श्रेष्ठ, अपार श्रेष्ठलगायत कलाकारको अभिनय छ । ताइवानका चिनइन गावोले यसको छायांकन गर्नुभएको हो भने निशान घिमिरेले सम्पादन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच