काठमाडौं । कन्दरा ब्यान्डले काठमाडौंमा कन्सर्ट गर्ने भएको छ । ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा २४ कात्तिकमा एलओडी क्लबमा ‘एनिभर्सरी कन्सर्ट’ गर्न लागिएको हो । यो काठमाडौंमा कन्दराको पहिलो कन्सर्ट हुनेछ । यससँगै कन्दराले विश्वव्यापी अभियान पनि घोषणा गरेको छ ।
सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अष्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोप टुर गर्ने व्यान्डले जनाएको छ । ९० को दशकको सुरुदेखि नै नेपाली संगीत प्रेमीहरूमाझ लोकप्रिय बनेको कन्दरका लोक-रक गीत चर्चित छन् । जसमा ‘तिमी परी, हङकङ पोखरा, लेककी हे माया’जस्ता गीत लोकप्रिय छन् । ब्याण्डले काठमाडौंपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ ।
ब्यान्ड यतिबेला नयाँ र पुराना सदस्यलाई संगठित गर्दै जुर्मुराएको छ । भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा हुनुहुन्छ । थापा स्थापनाकालदेखि ब्याण्डका मेरुदण्ड हुनुहुन्छ । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा