काठमाडौं । भीम मगर र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘हिक्क हिक्क छ मलाई...’सार्वजनिक गरिएको छ । नारायण नेपालको शब्द, दीपक पाठकको संगीत, विश्व अधिकारीको संगीत संयोजन र विप्लभ अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राजन भुजेलको निर्देशन रहेको गीतको भिडियोमा रञ्जित सिञ्जाली र रचना न्यौपानेको अभिनय छ । सरोज शाहीको छायांकन रहेको भिडियोमा निराजन केसीको सम्पादन एवं रंग संयोजन छ । यो गीतको भिडियोलाई सिञ्जाली ग्रुप नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता