
काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाउनुभयो । भने चार्ली टियरले अविजित ४३ रन बनाउनुभएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुदै १४४ रन बनाएको थियो । अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाउनुभयो भने हर्मित सिंहले २२ रन बनाउनुभएको थियो । त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिनुभयो । ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिनुभयो ।
यो जितपछि स्कटल्याण्डको लिग–२ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ । अब सिरिज अन्तर्गत आइतबार राती नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच