लेबनान । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीनजना पत्रकारको निधन भएको छ । बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यमले शुक्रबार जनाएको छ ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिपोर्टका अनुसार इजरायलले सिरियाली सीमानजिकै शुक्रबार बिहान साढे ३ बजे आक्रमण गरेको थियो ।
सन् २०२३ अक्टोबरमा इजरायल-हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्यांक, इजरायल र लेबनानमा कम्तीमा १२८ पत्रकारको मृत्यु भएको छ । रासस/एएफपी ।






