काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । राणाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
श्रद्धाञ्जलिमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेललगायत कर्मचारीहरूको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका लागि योगदान गर्नुभएको थियो । राणा २०१७ सालदेखि २०२४ सालसम्म परिषद्को सदस्य सचिव हुनुहुन्थयो ।
राणा नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष र हाल आजीवन मानार्थ अध्यक्ष रहनुभएको ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।






