
साउदी अरब । एसियन च्याम्पियन्स लिग एलिटमा साउदी अरबको अल-हिलालसँग डिफेन्डिङ च्याम्पियन अल-ऐनले नाटकीय हार बेहोरेको छ । सलेम अल-दौसारीले हृयाट्रिक गरेपछि अल-ऐनले नाटकीय हार बेहोरेको हो । गत अक्टोबरमा क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहनुभएका नेयमार ७७औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएको थियो । साउदी प्रो लिग क्लब हिलालले गत सिजनको सेमिफाइनलमा अल-ऐनसँग बेहोरेको हारको बदला लिएको छ । हज्जा बिन जायद स्टेडियममा मंगलबार राती बदला लिनेक्रममा हिलाल ५-४ ले विजयी भएको हो ।
यो जितसँगै हिलाल तीन राउण्डपछि नौ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कतारको अल-रेयानलाई २-१ ले पराजित गर्दै साउदी अरबको अल-अहलीले दोस्रो स्थान हासिल गरेको छ । जर्ज जिससको नेतृत्वमा रहेको हिलालले यो लगातार तेस्रो जित हात परेको हो । नौ गोलको खेलमा अल-दौसारी र अल-ऐनका सौफियान रहिमी दुवैले हृयाट्रिक गर्नुभयो । खेलको २६औँ मिनेटमा रेनान लोदीले गोल गर्दै हिलाललाई अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा रहिमीले बराबरी गोल फर्काउनुभयो ।
यद्यपि, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै हिलालाई पुनः अग्रता दिलाउनुभयो । लगत्तै दौसारीले गोल गर्दै हिलालको अग्रता ३-१ मा पुर्याउनुभयो । ६३औँ मिनेटमा सब्स्टिच्युट माटेओ सानाब्रियाले अल-ऐनलाई ३-२ को स्थितिमा ल्याउनुभयो । तर, त्यसको ९० सेकेण्डपछि अल-दौसारीले गोल गर्दै हिलालको अग्रता ४-२ मा पुर्याउनुभयो ।
रहिमीले ६७औँ मिनेटमा दोस्रो गोल गर्दै अल-ऐनलाई ४-३ को रोमाञ्चक मोडमा ल्याउनुभएको हो । तर, खेल सकिन १५ मिनेट बाँकी हुँदा दौसारीले अर्को गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । लगत्तै जर्ज जिससले नेयमारलाई मैदान प्रवेश गराउनुभएको थियो । तर, अली अल बुलाहयीले हृयाण्ड बल गर्दै रातो कार्ड खाएपछि हिलालमाथि दबाब बढेको थियो । पेनाल्टी पाएपछि थपिएको समयको ६ मिनेटमा दौसारीले हृयाट्रिक पूरा गरे पनि टोलीलाई जित दिलाउन सक्नुभएन ।
ब्राजियन स्टार नेयमार एक वर्षपछि मैदान फर्किनुभएको हो । नेयमार गत कात्तिकमा फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध खेल्दा घाइते हुनुभएको थियो । उहाँको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) को शल्यक्रिया गरिएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच