
काठमाडौं । कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँलाई सो सम्मान अर्पण गरेको हो ।
कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टा शुकुन ज्ञवालीको परिचय राख्दै व्यथित काव्य पुरस्कार र साहित्यिक पत्रकार संघको बारे चर्चा गर्नुभएको थियो ।
यस्तै, समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतम, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष कवि रामकाजी कोने, नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, शिक्षाविद् मीना सिंह खड्का, कलाकार मदनदास श्रेष्ठ र इतिहासविद प्राडा.सुरेन्द्र केसीले आ-आफ्नो मतव्य राख्नुभयो भने चर्चित गायक शिशिर योगीले गीत गाउनुभएको थियो ।
त्यस्तै प्रमुख अतिथि ठकुरी र अध्यक्ष लेकालीका साथै सम्मानित स्रष्टा शकुन ज्ञवालीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कवि शकुन ज्ञवाली अमेरिकामा बसेर लामो समयदेखि सिर्जना-कर्म गरिरहनु भएको छ । कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष कवि रामकाजी कोनेले शुभकामना मन्तव्य राख्दै एक सक्रिय मुक्तककार शकुनजी सम्मानित हुँदा आफुलाई खुशी लागेको बताउनुभयो । कवि यादव भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रममा साहित्य क्षेत्रका विशेष व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।
२०४० सालमा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा र बुँद रानालगायत कविहरू सम्मानित भइसक्नुभएको छ ।
त्यस्तै यसअघि नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहन दुवाल, कृष्ण जोशी, डा.राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा.दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुंगेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्कीलाई सम्मान गरिएको छ ।
यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’ बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अष्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) खेमनाथ दाहाल (अमेरिका) सम्मानित भइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच