काठमाडौं । साहित्यकार तथा प्राध्यापक रामहरि पौडेलको निधन भएको छ । प्रगतिशील लेखक संघका पूर्वकार्यवाहक अध्यक्ष, पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य, समालोचक एवं कथाकार प्रा.पौडेलको शुक्रबार दिउँसो निधन भएको हो । उहाँको शुक्रबार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । कीर्तिशेष रामहरि पौड्यालको जन्म विसं २००४, भाद्रमा, डिल्लीबजार काठमाडौंमा भएको हो ।
एम.ए.-अंग्रेजी/बी.एड.सम्मको औपचारिक शिक्षा ग्रहण गर्नुभएका पौडेल लामो समय भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गरेर सेवाबाट निवृत्त हुनुभएको थियो । कथा सिर्जना र समीक्षा लेखनमा सक्रिय पौडेल प्रगतिशील लेखक संघको सदस्य र एक कार्यकाल कार्यवाहक अध्यक्षसमेत रहनु भएको थियो ।
पौडेलको पहिलो प्रकाशित रचना कविता विसं.२०२२ मा प्रकाशित भएको थियो भने उहाँका प्रकािशत कृतिहरूमा-‘सल्ला सुसाइदिन्छु’ कथासंग्रह, ‘प्रतिनिधि नेपाली कथाहरू’, ‘भानुभक्त आचार्यदेखि मोदनाथ प्रश्रितसम्म’ समीक्षा रहेका छन् । विभिन्न पत्र-पत्रिकामा कथा, कविता, निबन्ध, लेख, समालोचना लेखनमा समेत उहाँ सक्रिय हुनुहुन्थ्यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा