
काठमाडौं । नेपालले आज (आइतबार) बिहान अमेरिकाविरुद्धको टी-२० सिरिजको दोस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार आज बिहान ५ः४५ बजेदेखि सुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेर अमेरिका टुरको सकारात्मक सुरुवात गरेको छ ।
अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजवंशी र देव खनाल हुनुहुन्छ । त्यस्तै, सन्दीप लामिछाने पनि भिसा प्राप्त गरेर अमेरिका पुग्ने क्रममा रहेकाले आजको खेल खेल्नुहुने छैन ।
यस्तै, अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तव र यासिर मोहम्मद हुनुहुन्छ । नेपालले सिरिजको तेस्रो खेल सोमबार खेल्ने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच