
✍️ जनक रावल
हिजो,
तिमी र म एउटै थियौ
तिम्रो र मेरो पहिचान उही थियो
भनौँ, हाम्रो पहिचान एउटै थियो
सँगसँगै खेल्यौ हामी साथमा
विना भेदभाव,
निष्कपट !
अवोधतामा,
हामी सँगै चढ्यौ खुड्किलाहरू
जिन्दगीको एउटै मोडमा
कहिले घाम लागेको बेला
सँगै रोयौ,
सँगसँगै हास्यौ !!
आत्मीयता सँगालेर
उद्देश्य लिएर फरक-फरक
विवेक, भावना, दृष्टिकोण
अब त, एउटा रुँदा अर्को रुन्छौँ सायद
तर कोही हाँस्न सक्दैनौँ
हामी हाँस्दा सबै फरक फरक
हिँडाइको उही अर्को मोडमा ।
मध्यान्ह नहुँदै ,
असुरक्षित रहेर
अनायासै हामी छुट्टियौँ
सुरक्षित दन्ते कथाका राक्षसहरूबाट
अलग अलग धार समातेर ।।
आज,
तिमिले त जातियता माग्यौं,
मैंले पहिचान ।
मैले अस्थित्व खोजे,
तिमिले पलायनता ,
तिमिले विभाजन चाहयौं,
मैंले सदैव एकता ।।
मैंले स्वतन्त्रता चाहे,
तर तिमीले अधिनस्थता
र त बाटो फरक भयो ...
तिमी सधैं अन्तरघातमा लाग्यौं,
तिमी सधैं अवसर खोज्न हिँड्यौ,
समाजवादको नाराले सामन्तवाद लाद्यौ,
अनि बिस्तारवादीकै नूनको सोझो गर्यौ,
धन्न आज,
धन्न आज देश जिउँदो छ ।
कतै-कतै पीडा छ,
तिमी कपूत सन्तान भयौ,
झण्डै अस्थित्व, सतित्व, पहिचान बेचेका थियौ,
तर आज सब छ,
पहिचानको अलग अलग बाटो छ,
बस, तिमी समाहित छैनौ ।।
काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच