काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसेको हो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल हुने बताइएको छ ।






