
मुम्बई । भारतीय कलाकारमा सार्वधिक कर (ट्याक्स) तिर्नेमा अभिनेता शाहरूख खान अग्रंपक्तिमा देखिनुभएको छ । आर्थिक वर्ष २०२३/२४ मा सर्वाधिक ‘ट्याक्स’ तिर्ने भारतीय सेलिब्रेटीहरूको सूचीमा उहाँ अग्रपंक्तिमा देखिनुभएको हो । शाखरुखले ९२ करोड ‘ट्याक्स’ तिरेको जनाइएको छ । २०२३ मा उहाँका तीन चलचित्र ‘पठान’, ‘जवान’ र ‘डंकी’ले बक्स अफिसमा राम्रो कमाई गरेका थिए भने त्यसमा काम गरेबापत उहाँले ठूलो पारिश्रमिक बुझ्नुभएको थियो । ‘पठान’ र ‘जवान’को सफलतापछि उहाँको ‘नेटवर्थ’मा मात्र आठ प्रतिशत वृद्धि भएको छ ।
शाहरूखपछि सबैभन्दा बढी ‘ट्याक्स’ तिर्नेमा तमिल सुपरस्टार थलापति विजय हुनुहुन्छ । उहाँले ८० करोड ‘ट्याक्स’ तिर्नुभएको छ । उहाँ तमिलका सबैभन्दा महँगा अभिनेतासमेत हुनुहुन्छ । तेस्रो नम्बरमा भने बलिउड सुपरस्टार सलमान खान रहनुभएको छ । उहाँले ७५ करोड ‘ट्याक्स’ जम्मा गरेको फर्च्युन इण्डियाले जनाएको छ । चौंथो नम्बरमा अमिताभ बच्चन हुनुहुन्छ । उहाँले ७१ करोड ‘ट्याक्स’ तिर्नुभएको छ । यस्तै पाँचौं नम्बरमा अजय देवगन रहनुभएको छ । उहाँले ४२ करोड ‘ट्याक्स’ तिर्नुभएको छ ।
त्यस्तै, छैटौं नम्बरमा रणवीर कपुर ९३६ करोड, सातौं नम्बरमा ऋतिक रोशन ९२८ करोड, आठौं नम्बरमा कपिल शर्मा ९२६ करोड, नवौं नम्बरमा करीना कपुर ९२० करोड र दशौं नम्बरमा अभिनेता शाहीद कपुर हुनुहुन्छ । उहाँले ९१८ करोड कर तिर्नुभएको छ । आर्थिक वर्ष २०२२/२०२३ मा २५ करोड ‘ट्याक्स’ तिर्नुभएका अभिनेता अक्षय कुमारको नाम यसवर्ष भने ‘टप १०’मा अट्न सकेन । बलिउड सुपरस्टार आमिर खानले भने १० करोड ‘ट्याक्स’ तिर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच