काठमाडौं । जुनिम गहतराजको डेब्यु निर्देशन रहेको चलचित्र ‘ताण्डवम्’ को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र ‘भ्यालेन्टाइन डे’ अर्थात् फागुन २ गतेदेखि सिनेमाघरमा आउने भएको हो । गतवर्ष माघमा छायांकन गरिएको चलचित्रको हाल पोष्ट प्रोडक्सन चलिरहेको छ । यही चलचित्रबाट कलरिस्ट जुनिमले अभिनय र निर्देशनमा डेब्यु गर्नुभएको हो ।
चलचित्रमा उहाँको जोडी डेब्यु अभिनेत्री सरिना मगरसँग बाँधिएको छ । चलचित्रमा जुनिम र सरिनासँगै अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डेलगायत कलाकारको अभिनय छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुनुहुन्छ । घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेख्नुभएको हो ।






