नयाँदिल्ली । भारतीय पूर्वक्रिकेट अजय जडेजा वर्तमान क्रिकेट टिमका सदस्य विराट कोहलीभन्दा धनी बन्नुभएको छ । जामनगर शाही सिंहासनको उत्तराधिकारी घोषित भएसँगै जडेजाले सम्पत्तिमा कोहलीलाई उछिन्नुभएको हो ।
नवानगरका महाराजा जमसाहेबले अक्टोबर १२ मा जडेजालाई उत्तराधिकारी घोषणा गर्नुभएको थियो । घोषणासँगै जडेजाको कुल सम्पत्ति एक हजार ४५० करोड भारतीय रुपैयाँ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विराट कोहलीको कुल सम्पत्ति एक हजार २२ करोड भारतीय रुपैयाँ छ ।
जडेजाले भारतीय क्रिकेट टिमका लागि १९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । उहाँले सन् १९९२ देखि २००० सम्म भारतीय टिमबाट १५ अन्तर्राष्ट्रिय टेष्ट खेलसमेत खेल्नुभएको थियो । क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि उहाँले सन् २००३ मा ‘खेल’मार्फत् चलचित्र क्षेत्रमा समेत पाइला राख्नुभएको थियो । त्यसयता उहाँले ‘पल पल दिल के साथ’ र ‘कोइ पुछे’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा