श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

रूपन्देही । आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *