काठमाडौं । जय अम्बे स्टिल्सले साधारण सभाबाट सर्वसाधारणमा निष्कासन गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) विशेष प्रस्ताव पारितपछि तोकिने साधारण सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक हो, जसको वार्षिक कारोबार चार हजार करोडभन्दा बढी रहेको छ । जय अम्बे स्टिल्स अम्बे ग्रुपको दोस्रो स्टिल उद्योग हो । शोभाकर (हरि) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रही २०७६ मा स्थापना भएको जय अम्बे स्टिल्सको उत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ ।
अम्बे ब्राण्डअन्तर्गत सो क्षेत्रको ८० प्रतिशत बजारलाई आपूर्ति गरी पश्चिम नेपालको सबैभन्दा ठूलो स्टिल उद्योग रहेको कम्पनीको उद्योगस्थल नेपालगञ्जमा रहेको छ । उक्त सार्वजनिक निष्कासन प्रक्रियाका लागि निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा