काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । ललितपुरको महाँकाल गाउँपालिका ६ ठूला दुर्लुङका सय घरपरिवार र गोदावरी नगरपालिका ७ का सय घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।
सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत् दुर्ई सय घरपरिवारका लागि राहत सामग्री प्रदान गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उक्त राहत सामग्री महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, सिएनआई पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा