काठमाडौं । गीतकार विश्व वल्लभको निधन भएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार उपचारको क्रममा बुधबार राजधानीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उहाँको निधन भएको हो ।
थापाथलीस्थित घरमै केही दिनअघि अचानक मस्तिष्कघात भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । मस्तिष्कघातका कारण उहाँको शरीरको देब्रे पाटो चलेको थिएन ।
पछिल्लो समय उहाँमा निमोनिया समस्या पनि देखिएको थियो । लामो समय रेडियो नेपालमा जागिरे रहनुभएका वल्लभका दुई छोरी हुनुहुन्छ भने उहाँकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।
तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तुण्डकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत वल्लभले लेख्नुभएको हो । उहाँ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा