काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई अर्पण गरको छ । गुठीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा-२०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । उहाँलाई नगद राशि एक लाख ११ हजार १११ रुपैयाँसहितको पुरस्कार अर्पण गरिएको हो ।
यस्तै, ‘भैरव वाङ्मय पुरस्कार’ भाषासेवी एवं कोशकार चूडामणि गौतमलाई प्रदान गरिएको छ । उहाँलाई एक लाख एक हजार १११ रुपैयाँसहितको पुरस्कार अर्पण गरिएको हो । ५१ हजार १११ रुपैयाँ नगद राशिसहितको ‘भैरव प्रतिभा पुरस्कार’ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा साहित्यकार विजय चालिसेले भैरव अर्याल नेपाली हास्यव्यंग्य साहित्यको ‘महारथी’ भएको बताउनुभयो । गुठीका अध्यक्षसमेत रहनुभएका अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले गुठीले हास्यव्यंग्यका क्षेत्रमा योगदान गर्ने स्रष्टाबाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो ।
उक्त अवसरमा साहित्यकार स्व. रमेश विकलको व्यंग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’को दोस्रो संस्करण सार्वजनिक समेत गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा