काठमाडौं । कवि तथा गीतकार एस्पी कोइरालाद्वारा रचना गरिएको राष्ट्रिय गीत ‘कता छ स्वर्ग ?’ सार्वजनिक भएको छ । शक्ति बल्लभको संगीत र सुमित खड्काको स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटलको युबटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
देवराज आचार्यको निर्देशन रहेको गीतको भिडियोमा गायक खड्काका साथै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका गीतकार कोइराला स्वयंले अभिनय गर्नुभएको छ । भिडियोको एक दृश्यमा उहाँकी आमालाई समेत देख्न सकिन्छ ।
मनोहर सुनामको संगीत संयोजन रहेको गीतमा भोला पौडेलको रेकर्डिङ तथा मास्टरिङ रहेको छ भने कोरियोग्राफी झरना कला केन्द्र र भिडियो सम्पादन हिम्मत चुसिरले गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts