ललितपुर । ‘प्रवेशिका समूह २०२५ धरान’ले बडादशैँ २०८१को शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । समूहले ललितपुरको कुमारीपाटीमा सोमबार एक विशेष समारोहबीच शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
‘पब्लिक हाइस्कुल’ धरानको विसं २०२५को एसएलसी ब्याचका ग्रुपले सूमह बनाई सिर्जनशील कार्य गर्दै आएको छ । सो समूहले हालै कतारका लागि सिफारिस हुनुभएका राजदूत रमेशचन्द्र पौडेल र बेलायतका लागि सिफारिब हुनुभएका चन्द्रप्रकाश घिमिरेलाई सम्मान तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । राजदूतद्वय उक्त व्याच र स्कुलका विद्यार्थी हुनुहुन्छ ।
प्राडा.माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण माहाकाव्यकार खेमनाथ दाहालले गर्नुभएको थियो । सो अवसरमा भूपेन्द्र कार्की, नारायण कार्की, सरोज धिताल, बलराम न्यौपाने, खगेन्द्रप्रसाद आचार्य, प्रितमप्रसाद श्रेष्ठ, सुमिया श्रेष्ठ, डा. अगुर कार्की, केशव श्रेष्ठ, सरिता घिमिरे, सुरिना श्रेष्ठ, सुनिता कार्की, आनन्द कार्की, सीता कार्की, महेश कुमार अग्रवाल, रमेश दाहाल, कुमारप्रसाद वस्ती, अजेनबहादुर भट्टराई, हरिहर दाहाल, कृष्ण भुसाललगायतले प्रस्तावित राजदूतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै आउँदै गरेको पर्व बडा दशैँ, नेपाल सम्वत, तिहार, छठ लगायतको शुभकामना दिनुभएको थियो ।
प्रस्तावित राजदूतद्वयले आफूहरू जहाँरहे पनि नेपाल र नेपालीको गौरव हुने कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । समूहले आउँदा दिनमा पनि विभिन्न सामाजिक गतिविधि गर्नुका साथै स्मारिका प्रकाशन गर्न लागेको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts