
काठमाडौं । सुशीला ढकाल अधिकारीको कवितासंग्रह ‘गोरखाली गुराँस’ लोर्कापण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ढकालको जन्मोत्सवको अवसर पारेर उक्त कृति लोकापर्ण गरिएको हो ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनमा त्यस्तो नपाइने गरेको बताउँदै ढकालको कृति भने आफूले अपनत्व महसुस गरेको जिकिर गर्नुभयो ।
साहित्यकारहरू डा.रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली र छायादत्त न्यौपानेले कविले सिर्जनात्मक प्रस्तुतिमार्फत समाजका सबै पक्षबारे कवितामा यर्थाथता खोलेको बताउँदै आगामी दिनमा काव्यिक सफलताको कामना गर्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता विषयका शिक्षक शन्तराम बिडारीले कवि एक सक्रिय सञ्चारकर्मीसमेत भएको भन्दै उहाँको प्रयाशको सराहना गर्दै काव्यिक सफलताको कामना गर्नुभयो ।
सुसेली फाउण्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, साहित्यकार तथा समाजसेवी चन्द्र नयौपाने, गायक शिशिर योगी लगायतले जन्मदिनको शुभकामना दिँदै सुशीला ढकाल एक सक्रिय र मिहिनेती सर्जक भएको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कवि ढकालले आफ्नो पहिलो कविता कृति जन्मदिनमै पस्कन पाएकोमा खुशी व्यक्त गर्दै लेखन यात्राका लागि घरपरिवारबाट पूरा पूर सहयोग भएको बताउँदै यसको श्रेय परिवारलाई दिन चाहेको बताउनुभयो । नोबेल साकोसका संस्थापक राजन न्यौपानेले सञ्चालन गनुभएको कार्यक्रममा कवि सुशीला ढकाललाई सम्मानसमेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच