काठमाडौं । क्यानडाको विभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको ‘कस्तो हो यो माया’को गीतको भिडियो सार्वजनिक भएको छ । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिनुभएको छ भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गर्नुभएको छ ।
हेरुका लामाको निर्देशन रहेको गीतको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रूपमा रोमान्टिक ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियो ईश्वरकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






