हेटौंडा । मकवानपुर प्रहरीले ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अबैध सुनसहित सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ। हेटौंडा-१५ रातोमाटे चेकपोस्टमा खटिएको प्रहरीले उक्त सुनसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कुटर चालक देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने बर्ष २७ को राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान १९ बिहान ३ बजेको समयमा बिशेष सुचनाको आधारमा पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा शंका लागि निजहरुको शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलीकाे सुन भेटिएको हो ।
सुनजस्तो देखिने पहेलो धातुको बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम (आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा) फेला पारेको थियो ।
उक्त सुनसहित अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts