
अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा राहत स्वरुप ३१ हजार १ सय ५५ रुपैयाँ जम्मा गर्ने भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको विपि स्मृती भवन सन्धिखर्कमा आज बसेको बैठकले केन्द्रीय विपद व्यवस्थापन कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
हालै अविरल परेको वर्षाका कारण धेरै मानिसको मृत्यु भएको , सयौं नागरिक घाईते र हजारौं नागरिक घरबार बिहिन भएका साथै अर्बौ रकम बराबरको क्षती भएकाले राहात रकम जम्मा गर्ने निर्णय गरिएको काँग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा छरिएर रहेका अर्घाखाँचीबासी नागरिकमा विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न अपिल समेत गर्ने बैठकले निर्णय गरेको छ ।
साथै बैठकले जिल्ला कार्यसमिति सदस्य पदमा ५ जना मनोनित गरेको छ । भुमिकास्थान नगरपालिका ६ का प्रेमनारायण बेल्बासे, पाणिनी गाउँपालिका १ का कमल पोख्रेल, छत्रदेव गाउँपालिका १ का ईस्माईल मियाँ, भुमिकास्थान नगरपालिका २ का बैकुण्ठ थापा र मालारानी गाउँपालिका ३ की शान्ता खनाललाई जिल्ला सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको हो ।
यस्तै नेपाली काँग्रेस अर्घाखाँचीको प्रवक्तामा भुमिकास्थान नगरपालिका ६ का प्रेमनारायण बेल्बासेलाई मनोनित गरेको छ । बैठकले काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका विषयमा थप छलफल गरी निर्णय लिन पदाधिकारीलाई अख्तियारी समेत प्रदान गरेको छ ।
बैठक सभापति केशव श्रेष्ठको अध्यक्षता र सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच