इरानमा व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

तेहरान । इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

दुई मोटरसाइकलमा सवार ‘सशस्त्र र आतंककारी तत्वहरू इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।

ADVERTISEMENT

अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।

नैतिकतासम्बन्धि प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिंसामा दर्जनौँको मृत्यु भएको छ । उक्त आक्रमणको तत्काल जिम्मेवारी लिएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज