हेटौंडा । प्रहरीले १०७ किलो ५० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीकाअनुसार शुक्रबार बिहान ४ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ नेवारपानी चेकपोष्ट सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।
मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको १०७ किलो ५० ग्राम लागूऔषध गाँजा फेला परेको थियो ।
लागूऔषध र बोलेरो गाडीसहित चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच