
काठमाडौं । जारी आइसीसी महिला टी–२० विश्वकपमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको ११७ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै ८५ रन मात्र बनाएको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ११६ रन बनाएको थियो ।
विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच अपराहन्न ३ः४५ बजेदेखि दुबईमा हुने छ भने दोस्रो खेल भारत र न्यूजील्याण्डबीच दुबईमै रति ७स् ४५ बजेदेखि शुरु हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच