
काठमाडौं । बुसान अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा विश्वभरका फिल्म निर्मातादेखि निर्देशक र कलाकारहरू रेड कार्पेटमा देखिएका छन् । कोरियामा बुधबारदेखि सुरु भएको फेष्टिभलमा ‘एसियन विण्डो’ छनोट भएको नेपाली चलचित्र ‘पूजा, सर’का निर्माता र कलाकार पनि रेड कार्पेटमा देखिएका छन् । कलाकारहरू निकिता चाण्डक, दयाहाङ राई, आशा मगराती, पशुपति राईसहित निर्माता तथा निर्देशक रामबाबु गुरुङ बुसान फेष्टिभलमा पुग्नुभएको थियो ।
कलाकारहरूले तस्बिर/भिडिओहरू राख्दै बुसानमा सहभागी हुँदा निकै खुशी लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यस वर्षको मानार्थ एसियाली फिल्ममेकरको अवार्ड प्रसिद्ध जापानी फिल्ममेकर कियोशी कुरोसावालाई प्रदान गरिएको थियो ।
त्यसैगरी, ओपनिङ समारोहमा नेटफ्ल्क्सिको बहुचर्चित कोरियन सिरिज ‘स्क्विड गेम’का स्टार लि जुङ जेलगायत चर्चित सेलेब्रेटी उपस्थित रहेको थियो । नेपालको छायांकन गन्तव्य प्रवद्र्धनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बुसान फेष्टिभलमा सहभागी हुँदै हुनुहन्छ । उहाँ आज (शुक्रबार) कोरियातर्फ प्रस्थान गर्ने सेड्युल छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच