काठमाडौं । नेपालमा पनि करिब आठ सया रैथाने नाचहरू रहेकाले ती नाचलाई संरक्षण गर्न कलाकारहरूले आग्रह गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयोजना गरेको त्रिदिवसीय रैथाने नृत्य कार्यशालामा कलाकारले यस्तो अपिल गरेका हुन् ।
नेपालका प्रथम नृत्य निर्देशक निर्देशक भैरवबहादुर थापाले नेपालका यस्ता रैथाने नाच जोगाउन आबश्यक भएको बताउनुभयो । नाचघरमा आफू नृत्य निर्देशक रहँदा देशभरका विभिन्न नाचलाई संरक्षण गरेको उहाँको भनाइ थियो ।
बिहीबारदेखि सुरु भएको ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ शनिबार सम्पन्न भएको थियो । यो प्रशिक्षणमा देशभरका ६ दर्जनभन्दा बढी कलाकारले नृत्य प्रशिक्षण लिएका थिए । उनीहरूलाई नृत्य निर्देशक भैरवबहादुर थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो समारोहमा शिक्षाविध विद्यानाथ कोइराला, आदिवासी जनजाति महासंघका अध्यक्ष रामबहादुर थापा, सांसदद्वय शान्ति मोदी, रेणु शाह, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, थारू नृत्य विशेषज्ञ नन्दु चौधरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तमछालीलगायतले रैथाने लोकनृत्य संरक्षण गर्ने बारेमा आ-आफ्ना भनाइ राख्नुभएको थियो । यस्ता लोकनाच संरक्षणमा सरकारदेखि स्थानीय निकायसम्मको योगदान हुनुपर्ने उनीहरूको कथन थियो ।
राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले विभिन्न वक्ताले कार्यक्रममा व्यक्त गरेको भनाइलाई प्रतिवेदनको रूपमा तयार गरेर नेपाल सरकारलाई बुझाउने जानकारी गराउनुभयो । प्रशिक्षणमा ६ दर्जनभन्दा बढी कलाकारलाई राई समुदायको साकेला र मगर समुदायको जिवैमामा नाच सिकाइएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts