
काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयले दोस्रो काष्ठमण्डप कपमा मंगलबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसलमा च्याम्पियन बन्यो । सिनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४-० गोलले पराजित गर्यो । काष्ठमण्डपका मानव सुब्बाले २ तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान १-१ गोल गर्नुभयो । मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभयो । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलरक्षक चुनिनुभयो ।
जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६-२ गोलले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले हृयाट्रिकसहित ४ गोल गर्नुभयो । गिरिश घिमिरेले २ गोल थप्नुभयोे । सहज नै उत्कृष्ट खेलाडी बन्नुभयो । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिनुभयो ।
फुटसलकै सिनियर गल्र्सको उपाधि काठमाडौं वल्र्ड स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौं वल्र्ड स्कुलले जोन डेवीलाई सडन डेथमा पाखा लगायो । निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी तथा काठमाडौं वल्र्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलरक्षक बन्नुभयो ।
बास्केटबलमा टिआइए र एनसिसिएसले उपाधि जिते । टिआइए ब्वाइज तथा एनसिसिएस गल्र्समा पहिलो भए । ब्वाइजको फाइनलमा टिआइएले विल्सन एकेडेमीमाथि ४५-४४ को कठिन जित दर्ता गर्यो । गल्र्सको उपाधि भिडन्तमा एनसिसिएसले काष्ठमण्डपलाई २७-२१ ले पराजित ग¥यो । ब्वाइजमा टिआइएका रोशन नगरकोटी तथा गल्र्समा एनसिसिएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा आठ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीले जनाउनुभएको छ । फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२-१२ तथा सिनियर गल्र्समा आठ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच