हेटौंडा । मकवानपुर प्रहरीले ६७ लाख बराबरको पहेंलो धातु जस्तो देखिने सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ। मंगलबार हेटौंडाऔ१५ रातोमाटे चेकपोष्टबाट ४९० ग्राम ८८० मिलिग्राम धातुसहित नियन्त्रणमा लिइएको हो।
देश भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार विशेष सुचनाको आधारमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ज ६९६ नं को यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उक्त माईक्रोमा चढेर आएका निजको शरीर तथा झोला समेतको खानतलासी गर्दा खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको बिल बिजक नभएको अबैध भन्सार छलि ल्याईएको सुन जस्तो देखिने पहेलो धातु भेटिएको हो।
बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम ९ आजको बजार भाउ अनुसार नेपाली रु ६७,३४५४४।० फेला परेको थियो।
उक्त समानसहित सुजित सर्राफलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts