काठमाडौं । माकलवारी स्थित गोकर्णेश्वर लाइट हाइस्कुलमा शान्ता उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । कलेजो दान गरेको मानवताको उत्कर्ष कथामा आधारित शान्ता उपन्यासवारे लेखक प्रा.पुरुषोत्तम दाहालले विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले कलेजोदाता प्रथम नेपाली महिला शान्ता पोख्रेलसँग विभिन्न जिज्ञाषा राखेको थिए । कार्यक्रममा प्रिन्सिपल सौर्य आचार्यले विद्यालयवारे जानकारी दिँदै शान्ता उपन्यासले विद्यार्थीहरूमा समाज सेवाका लागि उत्प्रेरित गर्ने विश्वास प्रकट गर्नुभएको थियो ।
समाजसेवी वैकुण्ठ अधिकारीले समाज सेवा जति शब्दम सहज हुन्छ यथार्थमा ज्यादै कठिन भए पनि शान्ताले जीवन दान दिने साहस गरेर उदाहरण प्रस्तुत गरेको बताउनु भएको थियो । कार्यक्रममा विद्यालयका तर्फबाट लेखक तथा शान्ताकी मूल पात्र शान्तालाई सम्मान्नसमेत अर्पण गरिएको थियो ।






