
स्पेन । स्पेनिस ला लिगमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिएको छ । सोमबार बिहान सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिडसँग रियल १-१ गोलको बराबरीमा रोकिएको हो । जारी लिगमा रियलको यो तेस्रो बराबरी हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न हुँदा दोस्रो हाफमा दुवै गोल भएका हुन् । भिनिसियस जुनियरको पासमा ६४औँ मिनेटमै एडर मिलिटोले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, इन्जुरी समयसम्म अग्रता कायम रहन सकेन । एन्जेल कोरियाले गोल गर्दै एट्लेटिकोलाई एक अंक दिलाउनुभयो ।
आठ खेल खेलेको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी एकमा झार्ने मौका गुमाएको छ । रियलको १८ र बार्सिलोनाको २१ अंक छ । एट्लेटिकोको समान खेलबाट १६ अंक छ । इन्जुरी समयको नवौँ मिनेटमा इन्ड्रिकलाई खराब फाउल गरेपछि मार्कोस लोरेन्टले सिधै रातो कार्ड सामना गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच