काठमाडौं । अत्यधिक वर्षाका कारण एन्फा महिला लिगअन्तर्गत शनिबारको खेल रोकिएको छ । शनिबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तय भएको खेल रद्द गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
शनिबार संकटा र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो । अर्को सूचना जारी नभएसम्मका लागि खेल स्थगित गरिएको एन्फाद्वारा प्रकाशित सूचनामा उल्लेख छ । गत भदौ १६ गते लिग सुरु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts