सुनसान नीरवता दिन भएर पनि रात जस्तो । घाम टन्टलापुर लागे पनि बादलको वर्षादीले ब्रहृमाण्ड छोपे झैँ सर्वत्र सामान्य सीमित आफू वरिपरिको दूरीमात्र दृष्टिगोचर हुने त्यस आटव्य जङ्गलभित्र म अनि उनी आमुन्ने सामुन्ने । अझ भनौंसँगै मेनकाको आगमन विश्वामित्र सामु झैँ । शीतला माईको आगमन ताता घामले तातेका ताता चेप्टा शिलामाथि अझ ताता तनक्कतन्केका कठोर फलामे डोरीको ओच्छ्यानमा यमराजको घण्टी बजिरहेका प्रमिथसका सामु झैँ । म बिचराका सामु उनी र उनका सामु म । कर्मको परिकार बदलिए जस्तै बदल्ने चाहनाको उत्कृष्ट बल प्रयोग ।
डोका हाँसिरहेका छन् रित्ता ओठ उचालेर । भोका पेटका प्वाल चियाएर सुदूरसम्म सम्झना यो पनि छ । सान्नेको उकालो चढेर टुप्पामा टन्टलापुर घामको ताप हटाउन वरपीपलको छहारीसामु देखिएका जोर घ्याम्पा जलघडाको टल्पल टल्पलमा ओठ नरसाउनुको विडम्बना पनि कसैका लागि आदर्श होला कसैका लागि कायरता । म यसै कायरताको रोटेपिङमा अडिरहेँ, उनी यथार्थको धरातलमा एकतमास पौडिन चाहिरहिन्-असम्भव पौडाइ । समयका पदचापहरू द्रुतगतिमा छन्छन् बजे । बज्नुको व्याकुल जानकारी चेतले म भयभीत छु । उनी अचम्म उन्मादित ।
उनी असफल भएकामा दुखित/चिन्तित/नैराश्यको माथिल्लो छाँगाबाट खसे झैँ भइन् । म सफलताको साँघुरी पार गरेर सर्वोच्च शिखर उक्ले झैँ खुसी खुशी हतारमा दुवै घाँसका भारी पुग्दा गाउँ सिरानीको चौतारीमा घाँसेदाउरेको भीडभित्र पर्नुपर्ने साँझ दुई घण्टाको माथि तारेभीरको भञ्ज्याङ्मा नै पर्नुको पीडाले आहत मनोलोकको छट्पटी कस्तो भयो होला ? यसै आत्महत्याको नयाँ बिन्दुको डिलबाट म यसरी सम्झिरहेछु जहाँबाट संवेदित कुनै पनि मान्छे वा व्यक्ति संवेदना विहृवल नभइरहन सक्दैन ।
नाताको रौनक छैन यहाँ । सोखपूर्तिको सुखद् सम्मोहन पनि । चाहनाको उल्लास, उत्कर्ष र परम्परागत अन्धविश्वासी चपेटाको चापभित्र चेपिएको समयाभाव थियो यो । एकातिर दुई-रात अँधेरो र ग्रामआतङ्कका भय अर्कातिर दुवै मानस अभावका भय । न उनको चाहनापूर्तिको सन्तुष्टि न मेरो यथार्थको अवतरण ।
एउटा वर्गका लागि यो कठोर पत्थरको दिल हो जसमा कुर्सीका मात्र नसाले शरीर बनेको छ, सरकारी जागिरको सोखको सपनाले मात्र रक्तप्रवाह प्रवाहित छ । भ्रष्ट आर्जनको सम्पतिको सिङ उचालेर यति उति सिँढी चढेँको चाक्लो मसानमनोलोक विकसित एवं आकर्षित भएको छ । वरिपरि परिवारको मोहबन्धन, यति बलियो छ जसभित्र ऊ हाँस्छ, रुन्छ, उफ्रन्छ, थेचारिन्छ र सर्वस्व त्यस सिवाय उसको दुनियाँमा अर्को जन्मनै नसक्ने सोच विकसित भएको छ । तिनका वा त्यस्ता पातविनाका डुकुका लागि यो मानवीय अन्तरमनको पाटो सम्भवतः निकम्मा बराबर नै हुन पुग्छ सायद ।
नाताको रौनक छैन यहाँ । सोखपूर्तिको सुखद् सम्मोहन पनि । चाहनाको उल्लास, उत्कर्ष र परम्परागत अन्धविश्वासी चपेटाको चापभित्र चेपिएको समयाभाव थियो यो । एकातिर दुई-रात अँधेरो र ग्रामआतङ्कका भय अर्कातिर दुवै मानस अभावका भय । न उनको चाहनापूर्तिको सन्तुष्टि न मेरो यथार्थको अवतरण । यस मामलामा यतिखेर म यति जङ्गली थिएँ पोथी संसर्ग नै अपराधको यमलोक ठान्थेँ म ।
ओरालो ठाडो ओरालो । उकालो गहिरो उकालो । त्यस समयको सापेक्षमा भन्ने हो भने मध्यरात । दुई घण्टाको यात्रा । सँगमा मात्र दुई जना त्यो पनि भालेपोथी । अझ भन्ने हो भने मस्त तरुणातरुणी । वा, जिन्दगी ! नाम्ला शिरमा । पसिना जिउबाट जमिनमा । गौँडागल्फा कति कति । झ्याउँकिरीका झ्याउँयाउँ । नीरव सन्नाटा !! खस्य्राक्खुस्रुक । साना किराफट्यांग्राका भए पनि हिँस्रक बाघ भालुका जस्ता सङ्केताभास हुने । यो सानो संसारको अनुपम अनुभव । यो मानवीय अन्तर मनको अन्तर अन्वेषणभित्रको अजीव अन्तरा ।
रातको आठ बज्नु चानचुने कुरा थिएन गाउँ अझ त्यस ठाउँका लागि । ढिलामा चारसम्मको बजेलाई यदाकदा घाँसेदाउरेको नियत नै मानिन्छ । मानिन्थ्यो पनि । त्यो पनि समूहमा जमातमा मात्र । त्यसो त आक्कलझुक्कल डरलाग्दा घटनाहरू एक व्यक्तिमा पनि नघट्ने चाहिँ होइनन् । एक दिन आहालडाँडामुनिको घना जंगलभित्र एउटा मोटो असाध्य मोटो तर सुकेको लाङ्ठेको रूखमा झपक्क ज्याम्ज्यामेले छहारी बनाएको रहेछ । लैना वस्तुका लागि यो अत्यन्तै दूध पगार्ने घाँस हो । यसको एउटा लहरो देख्दै गोठालाका मुखबाट राल चुहुन लाग्छ भने यसमा त दुई भारी मजाले हुने भएपछि कसको मन नलोभियोस् ।
यो देखेर एकजना हामीभन्दा निकै अघिल्ला पुस्ताका तर जोसँग पनि मिल्ने भएकाले सबैलाई उस्तै लाग्ने व्यक्ति जसलाई सबैले माइलाबा भन्थ्यौँ । अझ श्रद्धालु भावमा बुइकले माइलाउ भनिन्थ्यो । अहिले उनी यस दुनियाँबाट अलग भइसके । तिनै लहरा समातेर रुखको गगनचुम्बी टुप्पोमा पुगेछन् । सुकेको रूखको मूल स्तम्भलाई आड बनाएर आरामले घाँस काटिरहेछन्-सुसेला पार्दै, गीत गाउँदै, हुइवा लगाउँदै । उनलाई कुनै ज्ञान छैन उनी घाँसको कुन कुन भाग छप्काउँदै छन् भनेर । अचानक रुखसँग अडिएको लहरोको मूल टुप्पो काटिएपछि गर्याम्गुरुम त्यतिबिघ्न अग्लाइबाट लहराको हरियो भागसहित घाँस समेटेर भुइँमा झर्यो ।
मानौँ उनी त्यो छङ्गाछुर अग्लो आकाशको बीच बिन्दुमा झुण्डिन पुगे । आत्तिएका भए उनी लहरोझैँ जमिनमा झर्थे, मर्थे पनि । गोठाले बुद्धि, हिम्मतिलो मन, सांसारिक मोहको भित्री लहराले बेरेर धेरै विचार नफक्रिएका मान्छेहरू अचम्म अवस्थामा पनि बाँच्न सक्छन् । रूखको अग्लाइ ज्यादा भएकाले निकै टाढा गैरी भन्ने ठाउँमा खस्रु काट्न पुगेका गोठालाले उनको चिच्याइ सुनेर सबैलाई लक्ष्यबाट विमुख गराउँदै लग्भग दुई घण्टाको समय फेरमा मान्छेहरू त ल्याइपु¥याए । गर्ने के ? माथि मान्छे भएकासम्म ठाउँलाई हेर्दा टोपी खस्छ भुइँमा ।
प्रजातन्त्रको ढोल पिटिएका छन् सर्वत्र तर जनओठमा आवाज छैनन् । स्वतन्त्रताको शङ्खनाद गरिएको छ तर घरभित्रकै एउटा सिट्ठीको आवाजमा सुतिरहेको मान्छे पुलिसको हत्कडीमा बाँधिन्छ । प्रजातान्त्रिक देश त यस्ता छन् भने सम्झनोस् गैरप्रजातान्त्रिक देशहरू-रुस, चीन, क्युवा, उत्तर कोरिया जस्ता भूपरिसीमामा रहेका जनजीवन कस्ता हालतमा होलान् ?
यस्ता अवस्थामा पनि ती अनपढ गोठालाहरूले अन्तर चेतनाको बुद्धि निकालेर एकदमै अग्लाअग्ला सुरिला रूखलाई काटेर लिस्ना बनाउँदै नाम्लाडोरीका सहायताले उनको प्राणको रक्षा गरे । यो प्रसङ्ग निकै महत्वपूर्ण यस अर्थमा छ सङ्कटको बेला साधनको संयोजन संयमको बुद्धिले गर्न सकिन्छ, किताबी अक्षरका ज्ञानले होइन । अप्ठेरो परेको बेला त्यसबाट मुक्ति लिने क्षमता हामीभित्रकै धीरतामा रहन्छ, वैज्ञानिक गणितका सूत्रमा होइन । भौतिक उन्नति गरेँ भन्नु, धनोपार्जनका लागि अनेकौँ जोखिम मोल्नु र सम्पन्न भएर फुल्नु आफूभित्रको मानवतालाई समाप्त गर्नु हो ।
यस आधारमा अहिलेको विश्वलाई हेर्ने हो भने बाहिरी झिलिमिलीको विकासमा रमाउनेहरू आर्यघाटका आगाका ज्वालाहरू हुन् । उनीहरू आफैँले सल्काएको चितामा आफैँ जलिरहेका छन् । कुनै पनि विदेशका चिल्ला चिप्ला सडकमा खोज्नोस् त्यहाँ आँखाको रौनक छ, चेतना बन्द गरेर अनुभव गर्दा झ्वाट्ट भन्न मन लाग्छ-अहा ! विकास छ चौपट्ट तर मानवताको ‘म’ छैन । प्रजातन्त्रको ढोल पिटिएका छन् सर्वत्र तर जनओठमा आवाज छैनन् । स्वतन्त्रताको शङ्खनाद गरिएको छ तर घरभित्रकै एउटा सिट्ठीको आवाजमा सुतिरहेको मान्छे पुलिसको हत्कडीमा बाँधिन्छ ।
प्रजातान्त्रिक देश त यस्ता छन् भने सम्झनोस् गैरप्रजातान्त्रिक देशहरू- रुस, चीन, क्युवा, उत्तर कोरिया जस्ता भूपरिसीमामा रहेका जनजीवन कस्ता हालतमा होलान् ? चिताका छट्पटी, चिहानका दाउरा, कब्रका ओच्छ्यान । अब भन्नोस् यिनलाई चेतनाका आधार मानेर दौडिने, अर्थोपार्जनका कुवेर ढुकुटी सम्झेर भिसा लाम लाग्ने नेपालीहरूको जमात नेपालमा बसेर केही गर्ला भन्ने सोच राख्नु पनि राख्नेको नै मूर्खतासिवाय अर्को केही हुँदैन । मनको जेल नै जीवनको अन्त्य हो ।
सङ्कट् परेर मर्नु आश्चर्य होइन । अप्ठेरोमा ढिला हुनु अचम्म होइन । यी कुनै कुरा छैनन् । तैपनि उही यात्रा । उही आगमन प्रत्यागमन । अरूहरूका जीवनचर्या आज पनि उस्तै रहेका छन् । सबै बेलामा घाँस बिसाउन गोठमा पुगे । दाउराका भारी गल्र्याम्म पोख्न आआफ्ना घरमा ओर्लिए । गएको सङ्ख्या कति छ बिहान ? सबै घरलाई थाहा हुन्छ । आए को को ? हिसाब राख्छन् । अनुपस्थितको सङ्ख्या स्वतः निस्कन्छ । आज दुई जना आएका छैनन् । फलानो केटो, फलानी केटी । हल्लखल्ल गाउँभरि । हाहाकार कानमा त्यो निकै अघिको जमाना । चुलोचौको, धोतीचोलीको बेला ।
छुवाछूतको प्रलयङ्कर महामारी । भालेले पोथीमा आँखा यसो पुर्याउनु वा पोथीले भालेतिर परेली पल्टाउनु नै महाअपराधको बेला । हराउनु उनीहरूका हृद्धड्कनको उचाइ कहाँ पुगेको होला ? यो आतसको आगो हामी दुईमा पनि ज्वालामुखीभन्दा तेज गतिमा बलेकै छ । अझ मभन्दा पनि पुछारको घरमा जानु छ उनले । के म नै पर्याइदिऊँ ? वा उनलाई एक्लै पठाऊँ । अलिकति दोमनको द्वन्द्वमा यात्रा निकै माथि हुँदै मनमा खिचडी पाकिसकेको छ ।






