काठमाडौं । अमेरिकी भलिबल खेलाडी ग्याब्रिएल बेण्डा नेपाल आउनुभएको छ । उहाँ वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ खेल्न नेपाल आइपुग्नुभएको हो । उहाँले लिगमा कर्णालीको ‘कर्णाली यश्विज’ टिमलाई प्रतिनिधित्व गर्दै हुनुहुन्छ । ग्याब्रिएल बेण्डा शुक्रबार नेपाल आउनु भएको छ । उहाँलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।
अमेरिकी खेलाडी ग्याब्रिएललाई केही समयअघिमात्र ‘कर्णाली यश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो । कर्णालीमा ‘ट्रफी अनावरण’ सकिएको केही दिनमै यश्विज टिमले ग्याब्रिएललाई अनुबन्ध गराएको खबर सार्वजनिक गरेको थियो । ग्याब्रिएलभन्दा अघि बिहीबार ‘कर्णाली यश्विज’ टिमले अर्की आउटसाइड हिटर टर्किस खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो ।
नेपालमा पहिलोपटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (इडब्लुभिएल)’ खेल्न आएकी ग्याब्रिएल अमेरिकाको घरेलु लिगमा परिचित खेलाडी हुनुहुन्छ । उहाँ अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने ‘एभरेष्ट वुमन भलिबल लिग’ यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ ।
प्रशिक्षकमा कर्णाली यश्विज टिमबाट भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई हुनुहुन्छ । उहाँ ‘न्यू डाइमण्ड युथ स्पोट्स क्लब’को अध्यक्षसमेत हुनुहुन्छ । कर्णालीको टिममा सुमित्रा रेग्मी, मीना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा