काठमाडौं । वालिङ नगरपालिका काठमाडौंमा जारी एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई दुई-एक गोल अन्तरले पराजित गर्दै वालिङ शीर्ष पाँचमा रहन सफल हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
वालिङको जितमा सुक्रिया मियाले खेलको छैटौँ मिनेट र ज्याक्लिन नासालीले ३६औँ मिनेटमा गोल गर्नुभएको थियो । चन्द्रपुरका लागि एकमात्र गोल सुनिता सुनारले ५०औँ मिनेटमा गर्नुभएको थियो ।
जितसँगै वालिङ नौ खेलमा १५ अंकका साथ चौथो स्थानमा कायमै छ । चन्द्रपुर समान खेलमा आठ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।
यसअघि नै विभागीय टोलीहरू एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ । पहिलो चरणमा शीर्ष पाँचमा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts