काठमाडौं । नेपाल भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
खेलमा पहिलो अग्रता भने भुटानले लिएको थियो । खेलको ४३औँ मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गर्नुभएको थियो । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो । यसैगरी खेलको ८५औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डंगोलले गोल गर्दै नेपाललाई २-१ को जित दिलाउनुभयो ।
जितसँगै नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित सात अंक जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतसँग खेल्नेछ । दुवै सेमिफाइनल खेल असोज १२ गते हुनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा