
लण्डन । एफए कप फुटबलमा दुई बलिया टोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् । बिहीबार राती सम्पन्न खेलमा आर्सनलले बोल्टन वान्डरेसलाई र वेष्टहम युनाइटेडलाई हराएको हो ।
आर्सनलले वान्डरेसलाई ५-१ ले हरायो । आर्सनलको जितमा इथान वानेरीले दुई गोल गर्नुभयो । डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभार्टजले समान एक गोल गर्नुभयो ।
अर्को खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ५-१ ले हरायो । दश खेलाडीमा सीमित वेष्टहमविरुद्ध डिअगो जोटा र कोडी गाक्पोले समान दुई गोल गर्दा मोहम्मद सलाहले थप एक गोल गर्नुभयो । यसअघि खेलको २१औँ मिनेटमा लिभरपुलका जरेल क्वान्साहले आत्मघाती गोल गर्दा भ्रमणकारी टोली वेष्टहम युनाइटेडले खेलमा अग्रता बनाएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच