एजेन्सी । स्पेनिस क्लब रियाल मड्रिडका फ्रेन्च फरवार्ड किलियन एमबाप्पे घाइते हुनुभएको छ । स्पेनिस ला लिगाअन्तर्गत अलाभेसविरुद्धको खेलमा एमबाप्पेको मांसपेशीमा चोट लागेको थियो । ३-२ को रोमाञ्चक जित निकालेको उक्त खेलमा एक गोल गर्नुभएका एमबाप्पेले ८०औँ मिनेटमा मैदान छाड्नुभएको थियो ।
रियालले एमबाप्पे घाइते भएको पुष्टि गरेको छ । क्लबको मेडिकल टिमले किलियन एमबाप्पेको परीक्षण गरेपछि मांसपेशीमा चोट लागेको पुष्टि भएको छ,’ रियालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार एमबाप्पेले शहरी प्रतिद्वन्द्वी एटलेटिको मड्रिडविरुद्धको खेल गुमाउने हुनुभएको छ । रियालले स्पेनिस ला लिगामा आइतबार एटलेटिको मड्रिडको सामना गर्नेछ ।
एमबाप्पे यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट रियाल भित्रिनुभएको थियो । एमबाप्पेले रियालका लागि सबै खाले प्रतियोगितामा नौ खेल खेल्दा ६ गोल गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा