
काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर लोमशले काठमाडौंमा आफू अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गर्नुभएको हो । शर्माकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शान्तीश्री परियार र प्रल्हाद सुवेदीको स्वर छ । गीतको भिडियोमा लोमशसँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नवकलाकार प्रमोद पौडेल फिर्चड हुनुहुन्छ । प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गर्नुभएको हो ।
लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना-लोमश र जुना–प्रमोद)को प्रेम देखाईएको छ । गीत अर्गानिक र सुमधुर छ भने भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा रमणीय दृश्यहरू कैद गरिएको छ । उक्त दृश्यहरू सैलुङको हो । रोचकको कुरा के हो भने, सैलुङमा खिचिएको यो पहिलो गीतको भिडियो हो । भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ । नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो भएको लोमशको भनाइ छ ।
गीतमा शब्द र संगीत प्रहृलाद सुवेदीको छ । विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ । अग्नि थापा र दीपेन्द्र पण्डितले मिलेर निर्माण गरको गीतको भिडियोलाई दुर्गा पौडेलले खिच्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच