एजेन्सी । रिया सिंघा यस वर्षकी मिस युनिभर्स इण्डिया घोषित हुनुभएको छ । भारतको जयपुर, राजस्थानमा सोमबार भएको ग्राण्ड फिनालेमा १९ वर्षीया रिया यस वर्षको मिस युनिभर्स इण्डिया घोषित हुनुभएको हो । रियालाई मिस युनिभर्स इण्डिया २०२४ को ताज बलिउड अभिनेत्री एवं मिस युनिभर्स इण्डिया २०१५ उर्वशी रौतेलाले पहिराइदिनु भएको थियो ।
उपाधि जितपछि रिया भारतको प्रतिनिधित्व गर्दै मेक्सिकोमा हुने मिस युनिभर्सका लागि भिड्ने हुनुभएको छ । ‘आज यो उपाधि जितेकोमा म निकै आभारी छु, यहाँसम्म आइपुग्नका लागि मैले निकै मिहिनेत गरेकी छु’, ताज पहिरिँदै रियाले भन्नुभएको छ ।
रियाले फेरि एकपटक भारतले मिस यनिभर्स ताज जित्नेमा आफू आशावादी रहेको बताउनुभयो । उक्त प्रतियोगितामा प्राञ्जल प्रिया फस्ट रनरअप र छवि वर्ग सेकेण्ड रनरअप बन्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा