हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मोरङ । पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका चन्द्र बहादुरकै ज्वाई कानेपोखरी गाउँपालिका-५ बस्ने २९ वर्षीय रविन राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्र बहादुरको गत शनिबार आफ्नै घरमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात फरार भएका रविनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्याल धनकुटाको समन्वयमा धनकुटा मुलघाट भन्ने स्थानबाट पक्राउ गरेको हो ।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्र बहादुर र रविनबीच मादक पदार्थ सेवन पश्चात बादविवाद हुँदा रविनले धारिलो हतियार फलामको दाउ प्रहार गर्दा चन्द्र बहादुरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *