काठमाडौं । हरिओम मंगोल र रचना रिमालको स्वर रहेको गीत ‘माया लाउनै हतार भो’ सार्वजनिक भएको छ । हरिओमकै शब्द, संगीत र स्वर रहेको डान्सिङशैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।
केही समय अगाडी कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध गीत ‘हेर्न मन भेट्न मन’मा अभिनय गर्नुभएका हरिओमले यसपटक आफ्नै गायन र अभिनयमा गीत सार्वजनिक गर्नुभएको हो । संयोगान्त भावमा लेखिएको गीतमा हेमन्त शिशिरको एरेन्ज, रेकर्डिङ र मिक्सिङ छ ।
प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा छायांकन गरिएको गीतको भिडियोमा हरिओम र रश्मिला तामाङको नृत्यसहितको अभिनय छ । प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको कलरिङ, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन तथा नृत्य निर्देशन गर्नुभएको हो । गीतको भिडियो हरिओमकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता