लण्डन । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली इङ्ल्याण्डविरुद्ध अस्ट्रेलियाले ६८ रनको जित निकालेको छ । जितसँगै अस्ट्रेलिया पाँच खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा अस्ट्रेलिया सात विकेटले विजयी भएको थियो ।
लिड्सस्थित हिडेनग्ली क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४२.२ ओभरमा २०२ रनमै अलआउट भयो । इङ्ल्याण्डका लागि जेमी स्मिथले ४९, बेन डकेटलले ३२, आदिल राशिदले २७, ब्रेडन कार्सेले २६, जाकोब बेट्हिलले २५ र फिल साल्टले १२ रन बनाउनुभयो । छैटौँ विकेटका लागि स्मिथ र बेट्हिलबीच ५५ रनको साझेदारी गर्नुभयो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन, जोस हेजलउड, आरोन हार्डी र ग्लेन म्याक्सवेलले समान दुई तथा एडम जाम्पाले एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २७० रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि एलेक्स केरीले ६७ बलमा सर्वाधिक ७४ रनको योगदान गर्नुभयो ।
कप्तान मिचेल मार्शले ५९ बलमा ६०, म्याथ्यु शर्ट र ट्रभिस हेडले समान २९, आरोन हार्डीले २३ तथा मार्नुस लाबुसेनले १९ रन बनाउनुभयो । इङ्ल्याण्डका लागि ब्रेडन कार्सेले तीन, म्याथ्यु पोट्स, आदिल राशिद र जाकोब बेट्हिलले समान दुई तथा ओली स्टोनले एक विकेट लिनुभयो । शृंखलाको तेस्रो खेल मंगलबार हुनेछ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा