काठमाडौं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिनुभएको छ । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाएको छ । राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजनाअन्र्तगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तर्वार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा मंगलबार मनोनयन गरिएको हो । मनोनितहरूको सूचीमा आस्माको नाम पनि छ ।
यसै वर्ष साउनमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बन्नुभएको थियो । मिस नेपालको ३०औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि चुम्नुभएको थियो । उहाँ मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गर्नुभएकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न हुनुहुन्छ ।
मिस नेपालपछि दिएका विभिन्न अन्तर्वार्तामा उहाँले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गर्नुभएको थियो । कुनै पनि राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा