
काठमाडौं । प्रमोद लामिछानेनिर्मित वृत्तचित्र ‘द अनसाइलेन्ड’को नेपालमा प्रिमियर हुने भएको छ । असोज २० गते यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो । टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाको संघर्षको कथा समेटिएको छ । उनीहरूको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको बताइएको ।
नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर अष्ट्रेलियार अमेरिकामा हुनेछ । यो डकुमेन्ट्रीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितिसकेको छ । एक घण्टा नौ मिनेट समयअवधीको यो बृत्त चित्रमा राधा, माया, सुन्दरी र सुकुन रियल पात्रको जीवन कथालाई प्रस्तुत गरिएको वेन फिल्मस्ले जनाएको छ ।
बाल विवाहपछि घरेलु हिंसा भोगेकी राधा, कुवेतमा पुगेर मानव बेचविखानको पञ्जाबाट उम्कीएर नेपालमा उद्यमी बनेकी माया, शारीरिक रूपमा होची सुन्दरी नेपाली समाजले बनाएको तल्लो जात भनेर हेपिएकी सुकुनको जीवन कहानी बृत्त चित्रमा रियलपात्र राखेर बनाइएको निर्देशक घतानीले जानकारी गराउनुभयो । विदेशका धेरै ठाउमा प्रदर्शन गरेर अवार्ड जिते पनि नेपालमा सचेतनाका लागि बृत्त चित्र देखाउन लागिएको निर्माण टिमको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच