काठमाडौं । सञ्चारकर्मी एवं गीतकार डब्बु क्षत्रीको नयाँ गीत ‘तिमीसँग बोल्न मन लाग्यो’ सार्वजनिक भएको छ । केञ्जुमा सुब्बाको स्वर र जुगल डँगलोलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई बिन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यो गीत सात वर्षअघि रेकर्ड गरिएको थियो । तर यसको भिडियो बनेको थिएन । त्यतिबेला डब्बुको गीतिसंग्रह ‘गुलाबी स्वरहरू’मा यो गीत समेटिएको छ । यसलाई यतिबेला रि मिक्सिङ गरेर भिडियोको रूपमा बजारमा ल्याइएको गीतकार क्षत्रीले बताउनुभयो ।
गीतको भिडियोको निर्देशन गीतकार डब्बुले नै गर्नुभएको छ । भिडियोमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचलाई फिचरिङ गरिएको छ । कृष्ण रसालको कोरियोग्राफी रहेको भिडियोमा प्रवीण सुवेदीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’ एवं लोकेश भाटको सम्पादन तथा रंग संयोजन छ । गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायांकन गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts